Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केनको दुई गोल, बायर्न शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २६ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । ह्यारी केनले गोल गर्ने लय कायम राख्दै दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा एफसी हेइडेमहेइमलाई ४-२ ले पराजित गरेको छ । यो जितपछि बायर्न अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ ।

घरेलु मैदान एलिएन्ज एरेनाका भएको खेलमा केनले १४औं र ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हेइडेमहेइमले दुई गोल फर्कायो ।

हेइडेमहेइमका टमि क्लेनडेन्स्टले ६७औं र जान निकलस बेस्टेले ७०औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

तर राफे गुरेइरोले ७२औं मिनेटमा गोल गर्दै बायर्नलाई फेरी अग्रता दिलाए । त्यसपछि ८५औं मिनेटमा एरिक म्याक्सिम चोपो मोटिङले गोल गरेपछि बायर्नले ४-२ को जित निकालेको हो ।

खेलमा दुई गोल गरेका केनले यस सिजन लिगमा १७ गोल गरिसकेका छन् । उनले लिगको अघिल्ला दुई खेलमा ह्याट्रिक गरेका थिए । यस्तै केन सुरुको ११ खेलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले २०१९ मा ११ खेलमा १६ गोल गरेका रोवर्ट लेवान्डोस्कीलाई पछि पारे ।

जितपछि बायर्न ११ खेलबाट २९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको बायर लेभरकुजन २८ अंकसहित दोस्रोमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४