Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ ।

बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताउनुभएको हो । उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउनुभयो । उहाँले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताउनुभयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उहाँले उहाँको सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताउनुभयो । उहाँले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारितमा माथि अन्याय हुने बताउनुभयो । उहाँले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताउनुभयो । उहाँले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताउनुभयो । त्यस्तै, उहाँले नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४