Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । नेपालले विश्वकप २०२६ को छनोट (एशिया) मा दोस्रोचरण पार गर्दै एशियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय खेलाडी हाल बन्द प्रशिक्षणमा छन् । करिव २० दिनदेखि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ ।

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा नै बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ । अनुभवी पोर्चुगिच प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएई फिफा वरीयतामा ६९ औं स्थानको टोली हो । १७६ औं स्थानको नेपालका लागि युएई कठिन प्रतिद्वन्द्वी रहनेमा दुई मत छैन । यद्यपि, नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्टले विश्वकप छनोट खेलका लागि सबैले धेरै मेहनत गरेको र यस पटक एशियन कपसमेत खेल्ने लक्ष्य रहेको बताए ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएको नेपाल दोस्रो चरणको पहिलो खेल युएईबिरुद्ध आगामी कात्तिक ३० गते प्रतिष्पर्धा गर्दै छ । यो समूहमा नेपाल र युएर्ईसहित यमन र बहराइन गरी चार राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो चरणमा सबै आफूभन्दा बलिया राष्ट्रसँग खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म चोटले कुुनै समस्या नगर्नु र तयारीमा राम्रो भएकाले सुखद् नतिजा आउनेमा आशावादी देखिएका छन् ।

नेपाली टोलीले चरणवद्ध रूपमा घरेलु क्लवहरूसँग अभ्यास खेल पनि खेलिरहेको छ । पहिलो खेलका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्ने तयारी गर्र्दैछ । त्यो खेल नेपालको समयअनुसार राति साढे ९ बजे हुनेछ । नेपालका प्रशिक्षक एनेसले अधिकांश युवा टोली रहे पनि आफ्नो प्रशिक्षण टोलीले मेहनत गरिरहेको बताए । टोलीमा अनुभवी खेलाडी धेरै नरहे पनि मेहनति र उत्साहले राम्रो नतिजा ल्याउने प्रशिक्षकको विश्वास छ ।

नेपाली टोलीका महत्वपूर्ण खेलाडीसमेत रहेका डिफेन्डर अनन्त तामाङले पनि बलियो टोलीबिरुद्ध पनि सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले अधिकांश लाओससँग खेलेका खेलाडी रहेको र केही नयाँ खेलाडी भित्रिए पनि उनीहरू टोलीमा सेट भइसकेको बताए । नेपालका कप्तान किरण चेम्जोङ, रोहित चन्द र मनिष डाँगी हाल विदेशी लिग खेलिरहेका छन् । किरण भारतमा, रोहित इण्डोनेसिया र मनिष थाइल्याण्डमा व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसैले उनीहरूबिना टोलीले अहिले प्रशिक्षण गरिरहेको छ । उनीहरूबिना पनि टोलीले प्रशिक्षण गर्नुले टिम सेटमा खासै असर नपर्ने अनन्तको विश्वास छ ।

यस पटक नेपाली टोलीमा समेटिएका केही नयाँ खेलाडीमध्ये एक हुन्, पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका निसान ठकुरी । प्रशिक्षक एनेसले सिधै ट्रयालमार्पmत उनलाई ३२ खेलाडीबाट २६ सदस्यीय टोलीमा समेटेका हुन् । वाग्लुङ घर भएका निसान पोर्चुगलको लिस्बनस्थित नेपजुम एफसीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । उनी जुनसुकै पोजिसनमा पनि खेल्नसक्ने खेलाडी हुन् । खेलाडी विदेश पलायनको श्रृंखला चलिरहँदा उनीसहित केही युवा खेलाडीलाई एनेसले यस पटक टोलीमा ल्याउन सक्छन् ।

प्रशिक्षक एनेस युवा खेलाडीसहित सन्तुलित टोली बनाउँदै बलियो टोली युएइसँगको पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । यो खेललगत्तै नेपाल दोस्रो खेलका लागि स्वदेश फर्किनेछ । नेपालले दोस्रो खेल आगामी मंसिर ५ गते यमनबिरुद्ध घरेलु मैदानमा खेल्नेछ । त्यसका लागि नेपालले तयारी शुरु गरेको छ । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंगलवार नै दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै सो खेलका लागि आवश्यक तयारी शुरु गरेको जनाएको थियो ।

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ । यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्रायः साँझ ५ः३० बजे हुने गरेका थिए । यस पटक भने एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार साढे एक घण्टापछि खेल सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४