Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार यता जाजरकोटमा भूकम्पका चारसय बढी परकम्प


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २१ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गए यता झन्डै चारसय परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

करीब ४० वटा परकम्प चार म्याग्निच्युड माथिका रहेकोमा सोमवार अपरान्ह ५ दशमलव ८ म्याग्निच्युडको परकम्प गएको हो ।

अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको उक्त परकम्पले जाजरकोट र रुकुम पश्चिममा थप क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार भेरी नगरपालिका–४, रानागाउँमा परकम्पले एउटा घर भत्काएको छ भने कुशे गाउँपालिका–५ मा एकजना र भेरी नगरपालिकामा–१ मा एकजना गरी दुईजना घाइते भएका छन् ।

कुशे गाउँपालिकामा ढुंगा खसेर बाटो हिँडिरहेका एकजना घाइते भएका हुन । यस्तै रुकुम पश्चिमा थप १० जना घाइते भएका छन् । उनीहरूको जिल्लाकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४