Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप क्रिकेटमा बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २१ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ ।

दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।

जवाफमा २ सय ८० रनको लक्ष्य बंगलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । बंगलादेशका लागि नजमुल हुसेन सान्तोले ९० रन जोड्दा कप्तान शकिब अल हसनले ८२ रनको योगदान दिए ।

जारी विश्वकपमा श्रीलंका र बंगलादेशले आठ खेलबाट समान ४–४ अंक मात्रै जोडेका छन् । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र अफ्गानिस्तान भिड्नेछन् ।

मुम्बईको वाङ्खडे रंगशालामा दिउसो सवा २ बजे सुरु हुने यो खेल जित्दै अष्ट्रेलिया सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । अफ्गानिस्तान पनि आजको खेल जित्दै सेमिफाइनल पुग्ने संभावना जिवित राख्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४