Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी सरकारलाई दिएको समर्थन कायम राख्ने एमालेको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २० २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने निर्णय गरेको हो।

सरकार विस्तार भए लगतै एमालेका मन्त्री राम रानाले शनिवार राजीनामा दिएका थिए। तर सोमबार बिहान बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

यस्तै एमालेले सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने भएको छ।

संसदमा सोमबारदेखि नै प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले बताए।

कोशीमा कांग्रेस सांसद कार्की एमालेकै समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसले माओवादीका इन्द्र आङ्बकोलाई मुख्यमन्त्रीमा समर्थन गरेपनि कांग्रेसका असन्तुष्ट समूह र एमालेको समर्थनमा बहुमत जुटाएर कार्की गत असोज २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

२७ गते सपथ गरेका कार्कीले पहिलो चरणमै एमालेबाट रानालाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री भएको १५ दिनबित्दा पनि कुनै जिम्मेवारी भने दिएका थिएनन्। केन्द्रीय गठबन्धनमा रहेका दलका दुई मन्त्री नियुक्त गरेसँगै कोशीमा एमाले सरकारबाट बाहिरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४