Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले नेपाललाई दियो १० करोड भारतीय रुपैयाँ बराबरको राहत सामाग्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २० २०८०
  • 1.7K
    SHARES

काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामाग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।

आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

एक विशेष भारतीय वायुसेना सी-१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामाग्रीको खेप ढुवानी गर्‍यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए ।

राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताउनुभयो । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताउनुभयो ।

भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४