Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहाँ पुग्यो आमासहित तीन छोराछोरीको सामूहकि हत्या घटनाको अनुसन्धान ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २० २०८०
  • 3K
    SHARES

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ । यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो । घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सीआईबी टोली मुगु पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । सीआईबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ । घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ ।

यता छायानाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सीआईबीको प्रवेशले नयाँ आशा पलाएको बताए । उनले भने, ‘सीआईबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको एक टोलीले अनुसन्धान गरिरहेका थिए ।’ घटनास्थल अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ । ‘सीआईबी टोली मुगु पुगेपछि केही आशा जगाएको छ’, अध्यक्ष रावलले भने । घटनाका बारेमा विस्तृत बुझ्नका लागि कर्णाली प्रदेशका डिआईजी भीमप्रसाद ढकाल आफैँ जिल्ला पुगेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४