Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ५ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १९ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप आइतवार राति २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ८ महिनाकी प्रार्थना मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कविन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते हुनेमा हिमाली गाउँपालिका– ५ का ३० वर्षीय प्रकाश बुढा थापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको प्रहरीले जनाइएको छ ।

उनीहरूमध्ये विमलाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ ।

जिपका चालक बाजुरा गौमुल गाउँपालिका–४ काँडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४