Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भृकृटीमण्डपमा पुष्पमेला : व्यवसायी र अवलोकनकर्ता उत्साहित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १७ २०८०
  • 5.6K
    SHARES

काठमाडौं । राजधानीको भृकृटीमण्डपमा तिहारलक्षित पुष्पमेलाको आयोजना गरिएको छ ।

बडादशैं सकिएसँगै नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा भृकृटीमण्डप लगायत देशका विभिन्न ठाउँहरुमा फुलहरुको मेला अर्थात पुष्पमेलाको आयोजना भइरहेका छन् ।

राजधानीको भृकृटीमण्डपमा आयोजना भइरहेको पुष्पमेलामा व्यवसायी र अवलोकनकर्ताहरु निकै उत्साहित देखिएका छन् ।

यसवर्षकोे पुष्पमेलामा फुल अनि फुलका विरुवा किन्न आउने ग्राहकले भरिभराउ देखिएको छ । आर्थिक मन्दीले थलिएको व्यापार व्यवसाय थोरैभएपनि लयमा फर्किरहदा पुष्प व्यवासायीहरु दंग देखिएका छन् ।

पचास रुपैयाँदेखि बीस हजारसम्मको बिरुवा मेलामा राखिएका छन् । विगत २२ वर्षदेखि नर्सरी संचालन गरिरहेका व्यवसायीदेखि भर्खर शुरु गरेका व्यवसायीसम्मले थरीथरीका फुलहरु मेलामा आर्कषक ढंगले सजाएर व्यवसाय गरिरहेका छन् ।

फुल किन्न आउने थरीथरीका ग्राहक छन् । केही ग्राहकले फुलहरु विगतको तुलनामा केही महंगो भएको बताइरहँदा केहीको अनुभव मेलामा धेरैथरिका फूलहरु रहेकोले एकैथलोमा धेरै विकल्प पाउन सहज हुने रहेको छ । आफ्नै माटो र आफ्नै किसान दाजुभाई दिदीबहिनीको मेहनतलाई प्रोत्साहन गर्नुपर्ने ग्राहक बताउँछन् ।

यसैगरी बाहिर भन्दा धेरै प्रकारका फुल एकै ठाउँमा किन्न पाउँदा आनन्द आउने हँुदा यस्ता मेला आयोजना भइरहनु सकारात्मक रहेको धेरैको बुझाइ छ । तर, बाहिर जस्तो छुट मेलामा पनि दिनुपर्ने उनीहरुदे आग्रह गरेका छन् ।

पुष्पमेलामा फुल नर्सरी अनि बोटविरुवा सम्बन्धी जानकारी पनि लिन सकिने हुँदा विगतको वर्षमा भन्दा यो मेला फरक रहेको आयोजकको भनाइ छ । मेला संचालन भएको तीन दिनमा ८ लाखको व्यवसाय गरेको र मेलामा ५० लाखको लक्ष्य सजिलै पुरा हुने आयोजकको दावी छ ।

मेलामा अर्को आकर्षणको रुपमा देखिएको छ कोैशी खेती । घरको छतको सानो ठाउँलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर पनि अवलोकनकर्ताहरुले निकै चासो लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४