Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ अर्बले घट्यो खाना पकाउने ग्यासको आयात


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १६ २०८०
  • 5.5K
    SHARES

काठमाडौँ । नेपालमा पछिल्लो समय खाना पकाउने ग्यासको आयातमा कमी आइरहेको छ । विद्युत्‌को माग बढेकोले बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ ।

नेपाल आयल निगमको विवरण अनुसार गत साउनयताको आँकडा हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश महिनामा आयात कम भएको देखिन्छ । यद्यपि साउन र माघ महिनामा केही बढी देखिए पनि अन्य महिनामा आयात घटेको छ ।

माघमा भने जाडोको समय भएकाले सहरी क्षेत्रमा ग्यास गिजरलगायतका उपकरण चलाउन खपत केही बढ्दा माग बढी भइ आयात वृद्धि भएको निगमका अधिकारीहरू बताउँछन् । सोही अवधिमा नेपालमा विद्युत्‌को माग पनि क्रमशः बढ्दो क्रममा रहेको देखिएको छ ।

प्राधिकरणको प्रणाली सञ्चालन विभागले दिएको विवरणअनुसार गएको साउन र भदौको तुलनामा विद्युत् मागमा केही कमी आएको देखिए पनि कात्तिकयता क्रमशः माग बढिरहेको देखिन्छ । अधिकारीहरूका भनाइमा असार, साउन र भदौ जस्ता महिनाहरूमा विशेषगरी तराईमा सिँचाइका लागि भूमिगत पानी तान्न पनि बिजुलीको प्रयोग धेरै हुनेहुँदा खपत बढ्ने गर्छ । तर पछिल्लो प्रवृत्ति हेर्दा मानिसहरूले बिस्तारै खाना पकाउन विद्युत् खपत गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४