Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टियु मैदानमा ओमानको सामना गर्दै नेपाल, ‘हेड टू हेड’मा को अगाडि ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १६ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबीचको खेलले समूह ए को विजेता निर्धारण गर्नेछ । दुबै टोली सेमिफाइनलमा पुगेका छन् । विश्वकप खेल्नको लागि दुबै टोलीको लागि यो खेल निकै महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

समूह बी मा युएई विजेता हुने सम्भावना छ। बहराइन, हङकङ र कुवेतमध्ये एक टिम उपविजेता हुने सम्भावना छ।

हेड टू हेड
नेपाल र ‌ओमानबीच टी २० अन्तर्राष्ट्रियमा अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।

नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो । २०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो । त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी २० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल र ओमानबीच पहिलो पटक २०१९ को अक्टोबरमा भएको टी २० भने ओमानले ६ विकेटको जित निकालेको थियो । त्यसपछि नेपाललाई हराउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४