Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १६ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १ सय ९० रनले हराएको छ ।

भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनायो ।

दक्षिण अफ्रिकाका रास्सी भान डेर डुसेनले सर्वाधिक १ सय ३३ रन तथा क्विन्टन डि ककले १ सय १४ रन बनाए ।

जवाफमा ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३५ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ६७ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले ६० रन जोड्नुबाहेक अन्य कुनैपनि व्याटरले सम्मानजनक योगफल बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका केशब महाराजले ४ तथा मार्को जेन्सनले तिन विकेट लिए । जितसँगै दक्षिण अफ्रिका ७ खेलबाट १२ अंक जोड्लै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको भारतको पनि १२ अंक छ । तर नेट रनरेटको आधारमा भारत दोस्रो स्थानमा झरेको छ ।

आजको खेलमा भारत र श्रीलंका भिड्नेछन् । मुम्बईको वाङ्खडे रंगशालामा हुने यो खेल जित्दै भारत सेमिफाइनलमा स्थान सुरक्षित गर्ने योजनामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४