Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेमिफाइनलमा पुग्न साउदी अरेबियालाई हराउनैपर्ने दबाबमा नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २ २०८०
  • 5.1K
    SHARES

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम क्रिकेट ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि सुरु हुँदैछ ।

नेपाल सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । समूह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक हासिल गरेका छन् । अब यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ ।

नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित हासिल गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू- १९ एसिया कपमा छनौट हुने छन् ।

एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् । यू- १९ प्रिमियर कपको समूह ए मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान रहेका छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन रहेका छन् ।

त्यस्तै समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स रहेका छन् भने समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

नेपालको टोली: देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४