Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२१ दिनदेखि धर्नामा बसेको परिवार नै प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २७ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । माइतीघरमा १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

एसएसपी खत्रीका अनुसार शनिबार बिहान प्रहरीको टोली धर्नामा रहेका पीडित परिवारले राखेका फ्लेक्स हटाउन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रकाश गौतममाथि कारबाही गर्नुपर्ने माग गर्दै तस्बिर राखेर प्रदर्शनमा थिए ।

एसपी खड्का र डीएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए ।

‘उहाँहरूले गृह मन्त्रालयमा हामीलाई मानसिक रूपमा तनाव भयो, हाम्रो पनि समाजमा प्रतिष्ठा छ, कसैलाई व्यक्तिगत रूपमा अन्याय परेको भन्दैमा अरूमाथि पनि अन्याय गर्न हुन्न भनेर निवेदन दिनुभएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत हामीलाई आदेश भएपछि त्यो फ्लेक्स हटाउन प्रहरी पुगेको थियो,’ एसएसपी खत्रीले भने ।

धनुषाको नगराइन नगरपालिका–८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन् । उनीहरूले दुई छोरी र एक छोरालाई जन्म दिएका थिए । आरतीको दुई वर्षअघि विवाह भएको थियो । गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसाद लाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए । आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो । तर अस्पताल पु¥याउँदा आरतीलाई मृत घोषणा गरिएको थियो ।

शरीरमा निलडाम र खुट्टाहरू सुन्निएको भन्दै मृतकका परिवारले हत्या भएको आशंका गरेका थिए । प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए ।

जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरुद्ध आरतीका बुबाले उजुरी दिन खोजेका थिए । तर प्रहरीले उजुरी लिन नमानेपछि ससुरा र श्रीमानविरुद्ध मात्रै उजुरी दिइएको थियो । पीडित परिवारले उनीहरूविरुद्ध आत्महत्या दुरूत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएका थिए ।

जिल्ला अदालत धनुषाले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए ।

उच्च अदालत जनकपुरले भने उनीहरूलाई असोज १८ गते साधारण तारेखमा छाडेको थियो ।

मुख्यन्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४