Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी प्रदेशमा आज दुवै पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २७ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । कोशी प्रदेश प्रमुख कार्यालयले सांसदहरूको सनाखतका लागि शनिबार बिहानको समय तोकेको छ ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रसँगै उपस्थित हुन भनेको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताउनुभयो ।

कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका ८ सांसद र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुख खापुङले भने सनाखतका लागि समय लम्ब्याएर शनिबार बोलाउनु भएको हो ।

शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिइएको थियो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेस सांसद केदार कार्कीले ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुबैतिर उल्लेख छ । दुबैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४