Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २७ २०८०
  • 5.2K
    SHARES

काठमाडौं । नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सेनाभित्र रोलक्रम मिचेर र बढुवा वृत्तिविकासको संरचना खल्बल्याएर अघोषित रूपमा सैनिक ‘कु’ गराउन खोजिएको छ।

संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई ‘कु’ गर्न खेजे पनि सफलता मिलेन। यसपटक उनी जसरी पनि प्रधानसेनापति शर्मालाई प्रयोग गरेर नीतिगत रूपमै बढुवा संरचना खल्बल्याउने, माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा लागेका छन्। यसमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहमति छ’, सैनिक उच्च स्रोतले भन्यो।

प्रधानसेनापति शर्माले बेलायतको औपचारिक भ्रमणमा जानुअघि हालै म्याद थप गरिएका सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा समायोजन भएकालाई तालिम र वृत्तिविकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको र अब रिक्त हुने उपरथी पदमा बढुवा गर्ने योजना बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४