Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पुरानै भाडामा दशैँको अग्रिम टिकट बुकिङ खुला”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २२ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको जानकारी दिएका छन् । दशैँ  सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो ।

विगतका वर्षमा दशैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । अघिल्ला वर्ष समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरेको थियो ।

यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको भनेर ढिलाइ गेका हुन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन थालिने जनाएको छ । 

यसवर्ष दशैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दशैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४