Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्मा बेलायत जाने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २१ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् ।

बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।

प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने छन् ।

प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ ।

बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो । आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इण्डीया) बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।

नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्वन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ । बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै आयमकारुपमा हेरिने गरिएको छ ।

बेलायत सरकारले गोर्खाली सैनिकले पु¥याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ ।

नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ । बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हुँदै आएको छ ।

नेपाली सेनाका अधिकृत हाल एनडिसी, डिएचइटी, स्टाफ कलेज, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट, आरएमएस, पिसीविसी, एक्सर साइज क्याम्ब्रीयन पट्रोलमा आठसहित अधिकृतसहित १६ जना तालिम प्रशिक्षणलगायतमा सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, हालसम्म बेलायती सेना शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र हाइअल्टिच्यूट एण्ड माउन्टेन वेयलफेयरमा तालिममा सहभागी हुँदै आएको छ ।

बेलायतको वेल्सको ब्रेकनमा सन् २०१९ ‘एक्सरसाइज क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले स्वर्ण जित्न सफल भएको थियो । उक्त गस्तीमा सैनिक नेतृत्व, समूह कार्य, शारीरिक तन्दुरुस्ती र लक्ष्य हासिल हासिलका आधारमा मूल्यांकन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४