Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, दलहरू उपधारा ५ को गृहकार्यमा राप्रपा पर्ख र हेरको स्थितिमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २० २०८०
  • 2.2K
    SHARES

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा नेकपा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।

नेपाली कांग्रेस-नेकपा माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मतका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताउँछन् ।

सरकारसँग विश्वासको मत फेस गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको बताउँदै उनले परिस्थिति हेरेर अघि बढ्ने बताएका छन्  । हामी अहिले छलफमा नै छौं, विश्वासको मत नपाउने अवस्था आए राजीनामा आउँछ भन्ने प्रश्नमा उनले भने, ‘हामी छलफलमा छौं, परिस्थिति हेरेर अघि बढ्छौं ।

उपधारा ५ को गृहकार्यमा दल

वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा नेकपा एमालेले पनि दाबी गर्ने भण्डारीले बताएका छन ।

नेपाली कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ । यो सरकारले विश्वासको मत पाउँदैन्,त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा बन्नुपर्छ भन्ने हाम्रो स्वभाविक दाबी हो नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले भने,गठबन्धन दलका सहयात्री दलको दाबी पनि त्यतिकै छ, उहाँहरुको पनि दाबी भएका कारण गठबन्धन दलका शीर्ष नेताले टुङ्गो लगाउने कुरा नै अन्तिम हो ।

संवैधानिक व्यवस्था फरक भए पनि सांसद दलीय भएका कारण उपधारा ५ मा गठबन्धन दलको निर्णय अनुसार अगाडि बढ्ने उनले बताएका छन्  । ‘हामी निर्दलीय सांसद त होइन, नेतृत्वमा इच्छा राख्नु अस्वभाविक होइन,उनले भने,गठबन्धन दलको शीर्ष नेतृत्वले चयन गरेको नेता नै अबको मुख्यमन्त्री हो ।

उपधारा ५ अनुसार सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र इतर समूहका नेता केदार कार्की दाबेदार छन् ।

गत शुक्रबारको संसदीय दलको बैठकमा कार्कीले नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए । थापाले नेतृत्वमा आफ्नो स्वभाविक दाबी रहने बताएका थिए ।

गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । नेकपा एकीकृत समाजवादी पार्टी आङ्बोलाई नै अघि सार्नुपर्ने पक्षमा छ ।

यसअघि दुई पटक नेपाली कांग्रेसले नेतृत्व गरेका कारण यो पटक आफूले पाउनुपर्ने नेकपा माओवादीको अडान छ । ‘गठबन्धनबाट हाम्रो नेतृत्वमा सरकारबनाउने प्रयास रहन्छ,नेकपा माओवादी केन्द्रका सांसद जीवन आचार्यले भने, ‘नेतृत्वका लागि गठबन्धनका शीर्ष नेतृत्वसँग आग्रह गरेका छौं ।

दुई पटक नेपाली कांग्रेसले नेतृत्व गरेका कारण यो पटक स्वभाविक रुपमा नेकपा माओवादी केन्द्रले पाउनुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाए राप्रपालाई पनि समेट्ने उनले बताए । ‘राप्रपा एमालेसँग रहँदा उता विश्वासको मत पुग्दैन, चुनावमा जाने माहोल पनि छैन,’ उनले भने,’ राप्रपा गठबन्धनसँग आउँदा स्थिर सरकार बन्छ, गठबन्धनमा आउन राप्रपा सकारात्मक देखिन्छ ।

राप्रपा संसदीय दलका नेता भक्ति सिटौला भने अहिले नै कुनै निर्णय नगरेको बताउँछन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने अवस्था छैन । नयाँ गठबन्धनसँग पनि कुनै किसिमका औपचारिक कुराकानी नभएको उनले बताएका छन्  ।

‘परिस्थिति हेरेर सरकारलाई भोट हाल्ने कि नहाल्ने निर्णय गर्छाैं,’ उनले भने, ‘विश्वासको मत पुग्ने अवस्था आएन भने हुस्सिने मत नहाल्ने, पुग्ने अवस्था आए हाल्ने ।’

उपधारा ५ अनुसार सरकार बन्ने हुँदा अवस्था हेरेर अघि बढ्ने उनले बताए । प्रतिपक्षी गठबन्धनसँग सहकार्य गरेर जान सक्ने अवस्था रहेको बताउँदै उनले छलफलबाट मात्रै टुंगोमा पुग्न सकिने बताएका छन्  ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा नेकपा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् ।

नेपाली कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ ।

राप्रपा सहभागी भए नेपाली कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यवधि निर्वाचन हुनेछ ।

तत्काल दलहरु मध्यवधिमा जाने अवस्था नरहेकाले सहमतिको बाटो खोजिने नेकपा माओवादी केन्द्रका नेता आचार्यले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४