Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलि हुने संगीत रोयल्टी संकलन समाजको चुनावी सभामा राजेन्द्र कुमार कार्कीलाई मत किन  ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १९ २०८०
  • 11K
    SHARES

काठमाडौँ । संगीतकार तर्फ खुल्ला ३ पदमा राजेन्द्र कुमार कार्कीको अतिरिक्त जीवन परियार महेश कुमार औंजी नमराज ढुङ्गाना पिएन सापकोटा रामु खडका निम बहादुर स्वर्णकार शंकर थापा लगाएत ९ जना उम्मेदवार हुनुहुन्छ भने गीतकार तर्फ ३ पदका लागि नयन सोडारी चिन्तित विनोद ढकाल सुजन लसल सुबास रेग्मी डा ओम कृष्ण प्रसाई प्रमोद ढुङ्गाना सुबाश चन्द्र दुङेल विपिन किरण गरी ८ जना उम्मेदवार हुनुन्छ।

भोलि उदघाटन समारोह पछि प्रज्ञा भवनमा हुने मतदानमा १८४३ जना मतदाताले मतदान गर्ने छन। भोलि मतदान सम्पन्न भएपछि भोलि नै मतगणना हुने र राती अबेर सम्म नतिजा आउने जनाइएको छ।

भोलि हुने संगीत रोयल्टी संकलन समाजको चुनावी साधारण सभामा राजेन्द्र कुमार कार्कीलाई मत किन  ?

१ .नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरे देखि नै यो क्षेत्रको संरक्षण सम्वर्द्धन र कलाकारहरुको हक अधिकार र पेशागत सुरक्षाको लागि विभिन्न संघ संस्थामा रहेर या नरहेर तन मन र कर्मको साथ सदैव सक्रिय रूपमा क्रियाशील

२.संगीत रोयल्टी संकलन समाजको यो भन्दा अगाडिको चुनावी साधारण सभामा संगीतकार तर्फको खुल्ला सदस्य पदमा निर्वाचित भएर संगठन तथा सदस्यता वितरण समितिको संयोजक भएर कुशलता पूर्वक समाजले दिएको जिम्मेवारी पूरा गर्दै सबै सदस्यहरूले रोयल्टी पाउनु पर्ने कुराको ग्यारेन्टी गराउन संस्थामा सदस्यता विस्तार गराउन रोयल्टी हक अधिकार बारेमा सदस्यहरुलाई सु-सुचित गराउन सबै क्षेत्रबाट रोयल्टी प्राप्त गर्ने वातावरण निर्माण गर्दै प्राय सबै जस्तो समाजका बैठकमा सक्रिय सहभागिता जनाउदै सक्रिय भूमिका निर्वाह गर्दै आएको।

३. पूर्वको संस्कृति पश्चिम पश्चिमको संस्कृति पूर्व पुर्याउदै हिमाल पहाड तराईलाई संस्कृतिक रूपमा जोडर आपसी भाइचार र सुमधुर सम्बन्ध स्थापित गराउनु पर्छ भनेर आवाज बुलन्द बनाउँदै निरन्तर लागि परेको

४.समग्र कलाकारिता क्षेत्रको हक अधिकार र बौद्धिक सम्पत्तिको हक अधिकार र सुरक्षा नेपालको संविधान मा लेखाउन तत्कालीन अवस्थामा आप्नो आवाज बुलन्द पारेको।

५.सुदुर पूर्व देखि सुदुर पश्चिम सम्मका सबै कलाकारहरु लाई समान माया प्रेम सद्भाब र सम्बन्ध स्थापित गराउन लागेको।

६.दमौलीमा गेट मुना पलायो सबको रगत रातो छ छैन अन्तर हल्ला चल्या छ फिरफिरे दाई येस्तै रहेछ प्यार मायाले बुनेको चोयाको डोको साथमा फोटो छ जिन्दगानीमा रमाल फाँटेनी पराई संग नाता जोडेसी पन्चे बाजा धुन माल ढुङ्गामा के छ नानी हो बासै उठायो सबको हुन्छ हित जस्ता दर्जनौं गीतका गायक सर्जक तथा प्रस्तुत कर्ता

७.समग्र क्षेत्रको समस्या समाधान संरक्षण सम्वर्द्धन र कलाकारको हक अधिकारको लागि हरेक ठाउँ र फोरम मा प्रखर र प्रस्ट रूपमा आफ्ना विचार निरन्तर राख्दै आएको।

८.कलाकारलाई पिर मर्का अफ्ठेरो  सारो गारो पर्दा सदैव हाजिर हुँदै सहयोग गर्दै आएको

९.कलाकारिता र नेपाली लोक तथा दोहोरी क्षेत्र भित्रको विकृति विसंगती को समुल अन्तको लागि सशक्त आवाज उठाउँदै आएको।

१०.कलाकारको हक अधिकार स्थापित गराउन सबै क्षेत्रबाट रोयल्टी प्राप्त गर्ने वातावरण बनाउन अधिकार सम्पन्न सेन्सर संगीत विकाध बोर्डको गठन गर्न गराउन कलाकार राज्यका कुनै सजाउने गहना हैनन राष्ट्रका अभिन्न अङ्ग हुन भएर लेख्न लेखाउन दोहोरी क्लब र साझहरुलाई नमूना रोधी घरको रुपमा विकास गराउन संस्थागत रूपमा या व्यक्तिगत रूपमा निरन्तर लड्दै आएको।

११.रेशम थापा मगरको नेतृत्वमा भएको राष्ट्रिय संगीतकर्मी संघ सहितका संस्थाहरुको २२  दिने सांगीतिक आन्दोलनमा आन्दोलन परिचालन समितिको केन्द्रिय सचिवालय सचिव भएर सयौ कलाकार मैदानमा उतार्दै कुशलता पूर्वक रूपमा आन्दोलन अग्रिम मोर्चामा रहेको।

१२.राष्ट्रिय संगीतकर्मी संघको संस्थापक सदस्य हुँदै सचिव महासचिव प्रथम उपाध्यक्ष र चौथा एतिहासिक महाधिवेशनबाट केन्द्रीय अध्यक्ष भएर कुशलतापूर्वक संस्था हाँक्दै ७  प्रदेश र उपत्यका विशेष समिति सहित ८  प्रदेश ६२  जिल्ला १३  विदेश साखामा संस्था विस्तार गर्न सफल संस्थामा १५००  आजीवन सदस्य १०  हजार साधारण तथा आबद्द सदस्य कोरना महामारीको लख डाउनको बेलामा निरन्तर सम्पूर्ण संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई सदैव क्रियाशील गराउँदै ७२  दिन सम्म करिब ३५०० भन्दा बढीमा राहत वितरण गरेको विभिन्न ११ बुँदे माग सहित सरकारका प्रधानमन्त्री र विभिन्न मन्त्रीहरु सँग पटक पटक ज्ञापन पत्र दिएको माग पूरा गराउन सचेत गराएको वर्षै भरी विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरेको कोरियामा महामेला मलेसियामा अन्तराष्ट्रिय अवार्ड बर्दघाट परासीमा राष्ट्रिय संगीतकर्मी अवार्ड तीज दशैं तिहारमा लगातार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको साथै धेरै नयाँ कलाकारहरुलाई संस्थामा गोलवन्द गराउँदै सबै केन्द्र प्रदेश जिल्ला र प्रदेश कार्यसमितिहरुलाई निरन्तर र सदैव क्रियाशील गराएको।

यसर्थ भोलि असोज २०  गते शनिबार ११:३० बजे पछि प्रज्ञा भवन कमलादीमा हुने संगीत रोयल्टी संकलन समाजको संगीतकार तर्फको खुल्ला ३ पद मध्य ९  नम्बरमा अन्तिम पुच्छारमा रहेको मेरो नाम राजेन्द्र कुमार कार्कीमा मतदान गरी विजयी गराइदिनु हुन हार्दिकता साथ अनुरोध गर्दछु ।

राजेन्द्र कुमार कार्की
क्रम संख्या ९  अन्तिममा
खुल्ला संगीतकार तर्फको उम्मेदवार
संगीत रोयल्टी संकलन समाज

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४