Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १९ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । काठमाडौँको महाराजगञ्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

१० असोजमा चौधरी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । उनी काठमाडौं महानगरपालिका वडा नम्बर –४ को पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी थिइन ।

उनलाई उपचारका लागि महाराजगञ्ज स्थित त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीकी पत्नी हुन् । अनुसन्धानका क्रममा उनले आफैँलाई गोली हानेको देखिएको प्रहरीको निष्कर्ष रहेको छ ।

उनले आफ्नो पतिले बोक्ने पेस्तोलबाट दुई राउन्ड गोली फायर गरेकी अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो । लक्ष्मण पेस्तोल डेरामै राखेर बाहिर निस्केका बेला श्रीमति चौधरीले पेस्तोल चलाएकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४