Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीलाई जनार्दनको जवाफ : फागुन १ गते महान दिन हो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई महान दिनको रुपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई हिंसाको सुरुवात भएको दिनको रुपमा ब्याख्या गरेका थिए । सरकारले उक्त दिनलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि राख्दै उनले त्यो आफूहरुलाई मान्य नभएको ओलीले बताएका थिए ।

अध्यक्ष ओलीपछि बोलेका माओवादी केन्द्रका उपमहाचिव शर्माले जनयुद्धकै जगमा राजतन्त्र ढलेको र समानुपातिक समावेशी प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्न सफल भएको बताए ।

‘संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन् । ती लेखिएका अधिकारहरुलाई यो सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको दिन हो फागुन १ गते’, शर्माले भने, ‘जहाँ गरिबहरुले उत्पीडकहरु, महिलाहरु, जनजाति, मधेशीहरु, दलित, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो ।

जनयुद्धले सात सालदेखि अधुरा रहेका आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधानसभामार्फत नयाँ संविधान दिनका लागि एउटा संकल्प गरेको र त्यसलाई पूरा गरेको शर्माले दाबी गरे ।

‘त्यस्तो ऐतिहासिक दिनको लागि सम्मान गर्ने सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । यो जनताको सम्मान हो । परिवर्तनको सम्मान हो । हामीले प्राप्त गरेको अधिकारको सम्मान हो’, सांसद शर्माले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा लेखिएका अधिकारहरुको सही कार्यान्वयनका लागि संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले माओवादीले सशस्त्र युद्ध सुरु भएको दिनको अन्यथा व्याख्या नगर्न समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४