Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बदली र वर्षा जारी, कहिले बाहिरिएला मनसुन ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १५ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण मनसुन बाहिरिने मिति केही दिन पर धकेलिएको छ ।

मौसमविद गोविन्द झाले अनलाइनखबरसँग भने, ‘सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने हो तर आजसम्मको अवस्था हेर्दा आगामी बुधबारसम्म बाहिरिने सम्भावना देखिएको छैन ।’

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर वर्षा र बदलीको सम्भावना अझै कायमै रहेकाले मनसुन बाहिरिन केही दिन ढिला हुने मौसमविदको भनाइ छ । नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान गरिने भएकाले यो प्रणाली नेपालबाट कहिले बाहिरिन्छ भनेर एकिनका साथ भन्न नसकिने मौसमविदहरु बताउँछन् ।

मौसमविद झाका अनुसार अहिले कोशी प्रदेशको माथिल्लो भागका साथै मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको कोइलाबासमा एक घण्टाको अवधिमा ४० मिलिमिटर वर्षामापन भइसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै हाल भारतको बिहार पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव परेकाले मनसुन बाहिरिने समयमा पनि वर्षा भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४