Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माल्दिभ्समा मोहोमद मुइजी राष्ट्रपतिमा निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १४ २०८०
  • 2K
    SHARES

एजेन्सी । माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजी निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।२ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछी राष्ट्रपति पदका लागि चाहिने मत कुनै उम्मेदवारले हासिल गर्न नसकेपछी दोश्रो चरणको मतदान भएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएपछी देशबासीको नाममा सम्बोधन गर्दै नव नियुक्त राष्ट्रपति मुइजुले जनताले देखाएको देशभक्ति प्रतिको श्रद्धाका लागि धन्यबाद दिंदै छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने बताएका छन् । राष्ट्रपतिमा मुइजुको जितलाई माल्दिभ्समा निकै चासोका साथ हेरिएको छ ।

चिनसँग निकट मानिएका मुइजुको जितले हिन्द महासागरको टापु मुलुक माल्दिभ्सलाई पनि चिनतर्फ ढल्काउने अनुमान गरिएको छ । यसअघिका राष्ट्रपति मोलिह भने भारतसँग निकट थिए । मुइजुले आफ्नो चुनावी अभियानमै ‘इन्डीया आउट’ भन्दै आफ्नो मुलुकमा भारतको प्रभाव निर्मुल पार्ने घोषणा गरेका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४