Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको प्रदेश अधिवेशन : कर्णालीमा आज मतदान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १४ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

सर्वसम्मतीबाट नेतृत्व चयन गर्न असफल भएपछि आज मतदान हुन लागेको हो । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

आज बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १ सय ३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा हुनुुहुन्छ ।

अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४