Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ११ २०८०
  • 5.7K
    SHARES

काठमाडौं । चिन भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ ।

बुधबार चिनको ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश पर्वत र मानसरोवर जान लाग्नुभएको हो ।

बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुभएका प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचेभन्दा सफल भएको दाबी गर्नुभयो ।

चीनका राष्ट्रपति सी चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू भएको भन्दै उहाँले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पनि बताउनुभयो । विगतमा सञ्चालनमा रहेका सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने उहाँको दाबी थियो ।

प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४