Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेंगु बढ्दा सर्वत्र त्रास सरकारको भूमिका निराशाजनक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १० २०८०
  • 2.2K
    SHARES

काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ ।

पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा १ जनाको मृत्युु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन ।

काठमाडौं महानगरपालिकाले पनि प्रचार गरेअनुसार डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरूको ठम्याइ छ । यसै गरी देशभरमा विभिन्न स्थानीय तहहरू पनि आफ्नो क्षेत्रमा बढेको डेंगु नियन्त्रण गर्न असफल देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४