Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले बागमती प्रदेश अधिवेशन आजदेखि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अनुसार अधिवेशनमा झण्डै १२ सय प्रतिनिधि सहभागि हुनेछन् ।

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १ सय ३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १ सय २५ र मकवानपुरबाट १ सय ६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहनेछन् ।

अधिवेशनबाट नेतृत्व हत्याउन झण्डै आधा दर्जन आकांक्षीहरु सक्रिय भएका छन् । प्रदेश अध्यक्ष कार्यकारी पद भएकाले पार्टीको केन्द्रीय सदस्यदेखि पूर्व सांसदसम्म यो दौडमा लागेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेशका पूर्व सभाुमख सानुकुमार श्रेष्ठ, पूर्व सांसद कृष्णभक्त पोखरेल लगायतले आकांक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४