Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालय शिक्षा विधेयक सच्चाउने गगन थापाको प्रतिवद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ५ २०८०
  • 4K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन् ।

उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताए । उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए ।

उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने बताए । उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

उनले भने ‘आज अप्ठ्यारो माहोल छ । विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू सङ्घर्षमा हुनुहुन्छ । हामी आज नेपाल सरकार र उहाँहरूको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ । हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो । ओभरल शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटि छन् । यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् र? यसको यावत त्रुटिहरू छन् ।

अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तीमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्छ । नेपालको शिक्षा क्षेत्र सुधार गर्ने हो भने नेपालमा सबैभन्दा धेरै पे हुने जब शिक्षण पेसा हुनुपर्छ । शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा पनि अहिले कानुन बन्दै गर्दा पनि दिन सकेनौँ भने हामीले हाम्रो विद्यालयलाई उकास्न सक्दैनौँ । हामी संसदबाट यसलाई सच्याउँछौँ । यो त सरकारको प्रस्ताव न हो । यसलाई संविधान सम्मत बनाउनु पर्नेछ । यत्रा केटाकेटी स्कुल पढ्न जान नपाउने कुरा चाँडो भन्दा चाँडो स्थगित गरी जानुपर्छ । सरकारले पनि आफ्नो कुरा स्पष्ट गर्नुपर्छ ।’

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४