Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक महासंघले आजदेखि राजधानी केन्द्रीत आन्दोलन थाल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ३ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन शुरु गर्ने भएको छ ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो । महासंघले आन्दोलनमा सहभागी हुन आज बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । त्यसका देशका सवै जिल्लाहरुबाट शिक्षकहरु काठमाडौं आईपुग्दै छन् ।

जिल्ला जिल्लाबाट गाडी रिजर्भ गरेर शिक्षकहरु राजधानी आएका छन् । शिक्षकहरु आन्दोलनतर्फ लागेपछि देशका अधिकांश विद्यालयहरुमा पठनपाठन प्रभावित हुने देखिएको छ । महासंघले शिक्षा विधेयकप्रति १८ बुँदे असहमति राखेको छ । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका असहमति उनीहरुका छन् ।

सरकारले शिक्षकहरुलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । तर शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको अडान छ । महासंघका अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४