Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न राष्ट्रपति पौडेलको आव्हान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ३ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्षमा आज बुधबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले उक्त आव्हान गर्नुभएको हो ।राष्ट्रपति पौडेलले शन्देशमा संविधानको कार्यान्वयनमार्फत नागरिकको हक, हित र मुलुकको समृद्धि हासिल गर्न सकियोस भनी कामना समेत गर्नुभएको छ ।

उहाँले सात दशक लामो जनताको आन्दोलन, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएर आठ वर्ष पूरा भएको भन्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ ।

शन्देशमा राष्ट्रपति पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी स्वदेशमै उद्योग, उत्पादन, रोजगारी बढाएर आफ्नै गाउँठाउँ र देशमा बस्ने वातावरणसहित राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको भन्दै श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको पनि बताउनुभएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभएको छ । मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूको दायरा फराकिलो बनाउँदै आर्थिक समृद्धिसहितको सामाजिक न्याय र समानता सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त अवलम्बन गरिएको पनि राष्ट्रपतिले शन्देशमा बताउनुभएको छ ।

देश सामु विद्यमान चुनौती र जिम्मेवारीलाई पूरा गर्न विशेषतः राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनु पर्नेमा राष्ट्रपतिको जोड छ ।जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारीहरू तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूले लोकतन्त्रमा जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउन सके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने राष्ट्रपतिको शन्देशमा उल्लेख छ ।

बि.स. २०७२ साल असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४