Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिमा तीजको रौनक “तस्वीरहरु”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १ २०८०
  • 5.9K
    SHARES

काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिर दर्शन गरिसकेकाहरु समूह–समूह बनाएर नाचगान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४