Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नु भएका प्रधानमन्त्री दाहालले राष्ट्रसंघको कार्यालयमा महासचिव गुटेरेससंग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, नेपाली शान्ति सेनाको भूमिका, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

गत शनिबार साँझ न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाल हिजो त्यहाँ पुगेलगत्तै महासचिव गुटेरससंग भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राष्ट्रसंघीय राजनीति तथा शान्ति स्थापना मामिला सम्बन्धि उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि आगामी शुक्रबार न्युयोर्कबाट सीधै चीन भ्रमणमा जाने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४