काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।
जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।
भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।
बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । ‘विशाल राईलाई रिसइबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य तीन जनालाई घटना देखेका कारण सार्वजनिक गर्छन् भन्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आयो’, एक प्रहरी अधिकारीले भने ।
घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए ।
आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको राठौरले बताए ।
प्रहरीका अनुसार उनी एक्लैले चार जनाको हत्या गरेको स्वीकार गरेका छन्। जन्मजात रूपमा बोल्न नसक्ने उनीसँग बयानका लागि प्रहरीले सांकेतिक भाषा विज्ञको सहयोग लिएको थियो।
बदलामा नविनको हत्या, पोल खुल्ने डरले अरुलाई पनि सिध्याए
बयानमा उनले केही पहिले भएको एक सामान्य घटनाको रिसिइबी साँध्न यो घटना घटाएको बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भनिने विशाल राई थिए।

केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो। त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए। त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन्।
भण्डारी काँडाघारीमा दिदी भिनाजूसँग बस्थे। आउजाउ गर्ने क्रममा उनले विशाललाई सःमिलको घरटहरोमा ३(४ पटक राईलाई देखेका थिए। घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए।
बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडिपिट्टको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए। उनी त्यहाँ प्रवेश गर्दा राई थिएनन्। केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भण्डरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
त्यस क्रममा आफूलाई देखेपछि उनले अरूलाई पनि पालैपालो खुकुरी प्रहार गरेका हुन्। उनले सुरूमा शुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिका भुजेललाई टाउकोमै खुकुरी प्रहार गरेका थिए।

घटनापछि उनी फेरि काँडाघारीस्थित दिदी(भिनाजूको कोठामा पुगेर सुतेका थिए। भोलिपल्ट शनिबार अरू दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरूलाई भेट्न गए।
आइतबार भने प्रहरीले खोजिरहेको हुन सक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए। हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।
यसअघि तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए।
शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनको भने घटनामा संलग्नता नदेखिएको प्रहरी स्रोतको दाबी छ। उनीसहित केहीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो।
शुक्रबार राति ११ः५५ बजे गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।
दोलखा घर भई सःमिलमा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी घर भई मिलमा बस्दै आएका २५ वर्षीय नवीन राईको हत्या भएको थियो।
घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।