Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 4K
    SHARES

काठमाडौं । सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले कर प्रणाली सुधारका लागि रायसहितको सुझाव पेश गर्न विद्याधर मल्लिकको अध्यक्षतामा ५ सदस्यीय कर प्रणाली सुधार सम्बन्धि उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी मोरक्कोको माराकेसमा आयोजना हुने विश्वबैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धि सूचना प्रकाशन गर्न स्वीकृति दिने, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिइ आयात गर्न स्वीकृत दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदमा बाबुराम पन्तलाई नियुक्ती गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय सिँचाई निति २०८० स्वीकृत गरेको छ । त्यसैगरी नेपाल न्याय सेवा, न्याय समुहको सर्वोच्च अदालतका रजिष्ट्रार हरिराज कार्की समेत राजपत्रांकित प्रथम श्रेणीका १३ अधिकृतहरुको सरुवा गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गरिएको छ । उहाँले विभुषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभुषणको गरिमा बढाइ राष्ट्रिय सम्मानको रुपमा स्थापित गर्न विभूषण वितरण सम्बन्धी विगतका अभ्यास, अन्तर्राष्ट्रिय प्रचलन, विभूषण सम्बन्धि ऐन, नियम र मापदण्ड समेतका आधारमा अध्ययन गरी प्रतिवेदन प्राप्त भएपछि विभूषण वितरण कार्य व्यवस्थित गर्नेगरी हाललाई स्थगित गर्ने निर्णय भएको पनि बताउनु भयो ।

त्यसैगरी अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा आ.व. २०८१/८१ का लागि राजपत्रांकित तृतिय श्रेणीका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय छ । बैठकले ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकको सरुवा गरेको छ । जसअनुसार नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभाग, चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभाग र वंशिराज दाहाललाई कार्य विभागमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्ले बिमस्टेक वडापत्र अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने,बाँके जिल्लाको कारागारको ब्लकमा बाल सुधार गृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति प्रदान गर्न दिने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापितहरुको समस्या समाधानको लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

उहाँले सुपर तल्लो वागमती जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ५ र ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ८.८ हेक्टर जग्गा प्रयोग गर्न दिनका लागि स्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो । त्यस्तै जटामसि वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन वन कार्यालयलाई तोक्ने निर्णय भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद्ले बाध्यकारी श्रम सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान पनि गरेको छ ।

मन्त्री शर्माले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न डा. विकास देवकोटाको नेतृत्वमा ५ सदस्यीय वार्ता कमिटी गठन भएको पनि बताउनुभयो । उहाँले अनुसन्धान गरी दोषि उपर कानूनी कारबाही गरिने स्पष्ट पार्नुभयो । उहाँले कालोबजारी गर्ने, सामान लुकाउने र अप्रत्यासित रुपमा मूल्यवृद्धि गर्न कसैलाई पनि छुट नभएको भन्दै यसका लागि सरकारले अनुगमन र छानबिन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४