Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको विषय पनि हो । दर शब्दको शाब्दिक अर्थ नै दरिलो भएको संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन् । ‘तीजको दिन महादेवको निराहार व्रत बस्न गाह्रो नहोस् र व्रत बसेको बेला ध्यान भोजनतिर जाने भएकाले त्यही ध्यान भंग गराउन अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो ।

दरमा विशेषगरी दूध र घिउबाट बनेका परिकार खाँदा शक्ति प्राप्त हुन्छ । जसले निराहार व्रत बस्न मात्र होइन, नाचगान गर्ने ऊर्जा पनि पुग्ने भट्टराई बताउँछन् ।तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउँ भनी व्रत बसेकी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्टान्न भोजन नै दर हो,’ भट्टराई भन्छन्, ‘त्यसैले परापूर्वकालदेखि नै दर खाने चलन चल्दै आएको हो र निरन्तर चलिरहेको छ । पहिले माइती घरमा गएर दर खाने चलन थियो भने यो अहिले विस्तारित भएर एक महिनाअघिदेखि पार्टी प्यालेसमा खाने गरेको पाइन्छ ।

पुरानो परम्पराअनुसार जसरी घरमा खीर, ढकनी तरकारी, अचार, लगायत बनाएर खाइन्छ, त्यस्ता खाना कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यस्ता खानेकुराबाट धेरै ऊर्जा प्राप्त हुन्छ र भोलिपल्ट व्रतको दिनसम्म पनि ऊर्जा रहिरन्छ । त्यसैले दरको रूपमा खीर, ढकनी जस्ता खानेकुरा खाने चलन पोषणको हिसाबले राम्रो भएको पोषणविद् प्रणिती सिंह बताउँछिन् । सिंह भन्छिन्, ‘पछिल्लो समय दरको रूपमा बुफेट खाना मासु, पुलाउ तारेको चिल्लो खानेकुरा खाने चलन छ । यस्ता खानेकुराले भने डिहाइड्रेसन गराउने र व्रत बस्न झन् गाह्रो हुन सक्छ ।’

दरको विशेष परिकार

दरको रूपमा खासगरी दुग्धजन्य परिकार बनाएर खाने प्रचलन छ । खीर, ढकनी, चाम्रे, आलुको तरकारी, अचारलगायत अरू मीठो मसिनो परिकार बनाएर छोरी चेलीलाई खुवाउने गरिन्छ । त्यसैले दरको विशेष परिकार भनेको यी नै खीर ढकनी जस्ता खानेकुरा भएको द सोल्टी होटेलका सुसेफ आरबी बुढाथोकी बताउँछन् । दरको रूपमा खाने यस्ता परिकारले भोलिपल्ट सिंगै एक दिनभरका लागि मान्छेलाई तागत दिन्छ,  शक्ति दिन्छ त्यसैले पनि दरको रूपमा बढी दुग्धजन्य खानेकुरा खाने गरिएको पाइने उनले बताए ।

ढकनी पकाउने तरिका

चाहिने सामग्री :

१. चामल (ताइचिन) – २ कप

२. घिउ – आधा कप

३. दूध – डेढ लिटर

४. सख्खर – आधा कप

५. मिक्स ड्राइ नट्स (काजु,किसमिस,नरिवल,छोकडा,बदाम,ओखर,पिस्ता) – ६० ग्राम

६. मरिच – आधा चिया चम्चा

७. सुकुमेलको धुलो – एक चिम्टी

बनाउने तरिका

ढकनी पकाउनलाई अलि बाक्लो कसौंडी तथा अन्य भाँडाको प्रयोग गर्नु राम्रो हुन्छ । भाँडोलाई तताएर आधा कप घिउ राख्ने, घिउ तातेपछि चामललाई राखेर खैरो हुन्जेलसम्म भुट्ने र चामल खैरो भएर भुटिसकेपछि दूध राख्ने र सानो आँच गरेर केही समय पकाउनुपर्छ । त्यो बाक्लो हुँदै गएपछि ड्राइ नट्स, मरिच, सुकुमेलको धुलो र सख्खर राखेर राम्ररी चलाउनुपर्छ । यी सबै सामग्री राखेर पाँचदेखि १० मिनेट पकाएपछि ढकनी तयार हुन्छ ।

पञ्च फुरन आलु

आवश्यक सामग्री

१. आलु मिडियम साइजको रातो आलु – आधा किलो

२. तोरीको तेल – तीन टेबल चम्चा

३. ‘पञ्च फुरन’ जिरा, मेथी, धनियाँ, सुप, मुङ्ग्रेलो मिक्स – आधा चम्चा

४. नुन – स्वादअनुसार

५. जिराको धुलो – आधा चिया चम्चा

६. धनियाँको धुलो – आधा चिया चम्चा

८. खोर्सानीको धुलो – आधा चिया चम्चा

पञ्च फुरन आलु बनाउन सबैभन्दा पहिले आलुलाई लाम्चो पारेर चार टुक्रामा काट्ने, एउटा भाँडोमा आलुलाई राखेर एक चम्चा नुन हालेर र पानी हालेर १० देखि १५ मिनेट भिजाएर छोड्नुपर्छ ।

अब एउटा बाक्लो कराही बसाएर त्यसमा तेल राख्ने, अब त्यो तेलमा मेथी फुराउने, मेथी कालो भएपछि जिरा, धनियाँ, सुप र मुङ्ग्रेलो पनि फुराउनुपर्छ । अब त्यसपछि भिजाएर राखेको आलु ओइरने अनि बेसार र नुन राख्ने, राम्ररी चलाउने र छोपेर १५ मिनेट जति ठिक्क आँचमा पकाउनुपर्छ । अब धनियाँ, जिरा र खोर्सानीको धुलो हालेर पाँच मिनेट फेरि छोपेर पकाउने अनि आलु तयार हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४