Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशमा रहेका नेपाली युवाहरुको भविष्य नसोचिकन देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ३० २०८०
  • 4K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहाले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने बताउनुभयो । साथै चीन भ्रमणमा नेपाल र चीनको दिव्पक्षी सम्बन्ध बिस्तार र नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा विशेष प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४