Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेम्वाङको अन्त्येष्टिमा आर्यघाटमा सर्वसाधारणको बाक्लो उपस्थिति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २८ २०८०
  • 3K
    SHARES

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका छन् ।

बिहीबार दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो । त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका थिए ।

विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्यमान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो उनलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४