काठमाडौं । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा नेपालले थाईल्यान्डसँग खेलिरहेको छ । मलेसियाको बायुएमास ओभल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला फिलिडङ गरिरहेको छ ।
नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ । विश्वकपमा छनौट हुन नेपालले आज थाइल्याण्डलाई पराजित गर्नैपर्ने दबाब हुने छ ।
महिला ती -२० विश्वकपको एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका थिए । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका थिए ।
अब फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।