Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणहिटी मन्दिरमा अनौठो वृक्ष, नजिक जादा राहु, केतु र शनिको प्रभाव कम हुने विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २१ २०८०
  • 6.3K
    SHARES

काठमाडौं । नारायणहिटी परिसरभित्र ईसा पूर्व ४ सयमा रोपिएको विश्वास गरिने एउटा अनौठो वृृक्ष रहेको छ । चर्तुव्युह नारायण मन्दिरमा रहेको वृृक्ष नौलो त छ नै साथै दुर्लभ पनि । ज्योतिषीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यस रुखबाट तीन वटा अलग अलग वनस्पतिको जन्म भएको छ ।

बर, पिपल र शमी एकै ठाउँमा रहेको यो वृृक्ष विश्वमै एउटै मात्र रहेको दाबी गरिन्छ । वातावरण जोगाउन र अक्सिजन प्राप्त गर्न रोपिने गरेको भन्दा निकै फरक र अनौठौ वृक्ष पूर्वबाट पिपल, दक्षिणबाट बर र पश्चिमबाट भने शमी देखिन्छ । ज्योतिषीय हिसावले यस वृक्षको समीप जानाले राहु, केतु र शनिको प्रभाव कम हुने विश्वास गरिन्छ । इसा पुर्व ४ सयमा वृक्षारोपण भएको हुन सक्ने अनुमान गरिएको नारायण चर्तुव्युह पुजारी बताउनुहुन्छ ।

नारायणहिटी धारामा पानी सुक्नु अघिदेखि नै अस्तित्वमा रहेको यो बृक्ष हालसम्म जस्ताको तस्तै छ । हेर्दा आँखाले नभ्याइने यसको उचाई रहेको छ । यस मन्दिरमा आउने जो कोही यसको बनौटप्रति जिज्ञासु हुन्छन् । नेपालमा पाइने बृक्ष मध्ये बर र पिपल संगसंगै हुने गरेतपनि एउटै जरोबाट तीनवटा बर, पिपल र शमीको एकसाथ संयोगलाई अनौठोसँग हेरिन्छ ।

त्यसो त नारायण मन्दिरभित्र अन्य रुख पनि छन् । शताब्दिर्यौ पुरानो यो वृक्ष जस्ताको जस्तै रहनुलाई वनस्पति विज्ञले पनि अनौठो मानेका छन् । नारायण मन्दिर दर्शन गर्न आउनेलाई महत्व बुझेपछि यो वृृक्षले तान्ने गरेको छ । तीनवटै वृक्ष एकैठाउँमा रहनु र यो वृक्षलाई छोएका खण्डमा मात्रै पनि शनिगृहबाट हुने हानी नोक्सानीबाट बच्न सक्ने विश्वास रही आएको छ ।

धार्मिक आस्था भएर मात्र होइन, अशान्त मनलाई शान्त बनाउने कडीका रुपमा उपयोगिता रहनुले यस ऐतिहासिक वृक्षको महत्व बढेको छ । यस वृक्षको संरक्षण गरी प्रामाणिक आधारमा यसका विशेषताको सही तथ्य अघि आउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४