Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जंगी अड्डामा पृतनापतिहरुको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २१ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । दुई दिने पृतनापति समन्वयात्मक बैठक-२०८० जंगी अड्डामा सुरु भएको छ। बैठकमा उद्‍घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरे।

सो अवसरमा मन्त्री खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय लगायतका सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आईरहेको बताए।

उनले नेपाली सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याईरहेको योगदानबाट प्राप्त उपलव्धी र कार्यक्रममा स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए।

आज आयोजित पहिलो दिनको कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिहरु लगायत विभिन्‍न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।

समन्वयात्मक बैठकमा सहभागीहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४