Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २० २०८०
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ ।

बुधबार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनुभयो ।

नेता खनालले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गर्नुभयो । उहाँले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताउनुभयो । उहाँले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताउनुभयो ।

नेता खनालले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताउनुभयो । उहाँले एमाले राप्रपा, लोसपा र कांग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताउनुभयो । उहाँले एमाले भयानक अलमलमा रहेको टिप्पणी गर्नुभयो ।

नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उहाँले बताउनुभयो । उहाँले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताउनुभयो ।

नेता खनालले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४