Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १८ २०८०
  • 2K
    SHARES

काठमाडौँ । नेपालले एसिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा आज भारतको सामना गर्दै छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा यो खेल अपराह्न ३: १५ बजेदेखि हुँदैछ । नेपालले आइसीसीको सिनियर प्रतियोगितामा भारतविरुद्ध खेल्न लागेको यो पहिलो पटक हो ।

यस एसिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध हार बेहोरेको छ भने सुपर चारमा पुग्न भारतलाई पराजित गर्नै पर्ने अवस्थामा रहेको छ । त्यसैगरी भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध वर्षाका कारण खेल रुद्ध हुँदा अंक बाँडेका कारण यो खेल रुद्ध भएमा पनि सुपर चारमा जाने छ ।

क्यान्डीमा आज पनि खेल वर्षाले प्रभाव पार्ने अनुमान गरिएको छ । सोमबार बिहान पल्लेकेलमा झन्डै ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यद्यपि, टसको समयमा नेपाली समय अनुसार अपराह्न २: ४५ बजे भने वर्षा हुने सम्भावना २२ प्रतिशत छ र यो बेलुका ६ बजेसम्म रहनेछ । खेलको दोस्रो हाफमा पानी पर्ने सम्भावना ६६ प्रतिशत हुनेछ । यस्तो अवस्थामा फेरि शनिबारको भारत–पाकिस्तानको खेल जस्तै आधा खेल मात्रै देख्न सकिने सम्भावना रहेको छ ।

एसिया कपका लागि टिम
भारतको टिम: रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र प्रसिद कृष्णा ।

नेपालको टिम: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४