Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।

२७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो ।

२७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन यूरो लोन शुल्क तिर्नेछ । उनलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्नेछ । कतारमा सम्पन्न विश्वकप फुटबलबाट चर्चामा आएका अम्रबाटले मोरक्कोको सेमिफाइनल यात्रामा महत्वपूर्ण भूमिका निभाएका थिए ।

यस्तै, क्याटलान क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्तिम दिनमा दुई स्टार पोर्चुगिज खेलाडी भित्र्याएको छ । स्पेनिस च्याम्पियन बार्सिलोनाले फरवार्ड जोआओ फेलिक्स र राइट–ब्याक जोआओ क्यान्सेलो लाई एक सिजन लामो लोन सम्झौता गर्दै अनुबन्ध गरेको हो ।

स्पेनिस क्लब एटलेटिको म्याड्रिडमा रहेका फेलिक्सले क्लबमा विवाद भएपछि गत सिजनको दोस्रो भाग इंग्लिश क्लब चेल्सीमा लोनमा बिताएका थिए । यस सिजन फेरि स्पेन फर्किएका उनले केही महिना अगाडि बार्सिलोना आउने ईच्छा सार्वजनिक रूपमा नै व्यक्त गरेका थिए ।

फेलिक्सलाई भिर्‍याउन आर्थिक भार परेको बार्सिलोनाले अन्सु फाटीलाई एक सिजनका लागि इंग्लिश क्लब ब्राइटन पठाएको छ । यस्तै अर्का पोर्चुगिज खेलाडी जोआओ क्यान्सेलो पनि एक सिजनको लोन सम्झौतामा बार्सिलोना भित्रिएका छन् । म्यान्चेस्टर सिटीमा रहेका उनले पनि विवाद पश्चात गत सिजन बायर्न म्युनिखमा लोन सम्झौतामा बिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४