Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाएको छु : प्रधानमन्त्री दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताउनु भयो । उहाँले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने बताउनु भयो । उहाँले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताउनु भयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गर्नुभएको हो । आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४