Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानिस आवतजावतका लागि शुक्रबारदेखि खुल्यो तातोपानी नाका


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १५ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । चीनसँगको तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुलेको छ ।

२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।

तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन । सिन्धुपाल्चोकको भोटेकोशीका गाउँपालिकाका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाका खोलिएको हो । लामो समयपछि चिनियाँ क्षेत्रमा प्रवेश गर्न पाउँदा स्थानीय खुशी भएका छन् ।

नेपाल र चीन दुबै देशका अधिकारीबीच भएको समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ला गरिएको हो । त्यसका लागि तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पासको व्यवस्था गरेको छ । कोदारीस्थित अध्यागमन कार्यालयका अनुसार चिनियाँ भूमिमा प्रवेशका लागि आजसम्ममा २ सय २७ वटा पास जारी गरिएको छ । सो पासले सीमापारी ३० किलोमिटर क्षेत्रसम्म नेपालीहरुले जान पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४