Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज जनै पूर्णिमा र गाईजात्रा पर्व मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १४ २०८०
  • 4.9K
    SHARES

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन तागाधारी समुदायले यज्ञोपवित धारण गर्ने चलन छ । आज विहानै नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै लगाउने तथा हातमा रक्षाबन्धन बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै तथा रक्षा बन्धन धारण गर्ने गरिन्छ । जनै तथा रक्षाबन्धन धारण गर्दा नकारात्मक तत्वबाट प्राप्त हुने धार्मिक विश्वास छ । जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भन्ने गरिन्छ । विभिन्न तीर्थ तथा मन्दिरहरुमा आज विहानैदेखि नयाँ जनै फेर्न तथा रक्षा बन्धन गर्नेहरुको भीड लागेको छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुति सहितका कार्यक्रम गर्ने चलन छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन सुरु भएको जनश्रुति छ ।

आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ । तिथि घटबढका कारण रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विशेष गरी ललितपुरको कुम्भेश्वर, पशुपतिनाथ र देशका अन्य मठमन्दिर तथा नदीको किनारका तीर्थस्थलमा भक्तजनको भिड लाग्ने गर्दछ । आजको दिन रक्षा बन्धन गरिसकेपछि विभिन्न किसिमका गेडागुडीहरुको मिश्रण क्वाँटी खाने चलन पनि छ । यो पर्व तिथिमा आएको गडबडीका कारण जनै पूर्णिमाको भोलिपल्ट मनाईने गाइजात्रा पनि आजै मनाउनु पर्ने पंचाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्णिमा तिथि विहान ७ बजेसम्म मात्रै रहेकाले रक्षा बन्धन गरी आजै गाईजात्रा पर्वको कर्म गर्नुपर्ने समितिको सुझाव छ । हिजो दिनभर पूर्णिमा पर्व रहे पनि पूर्णिमासंगै भद्रा पनि रहँदा हिजो रक्षा बन्धन गर्नु शुभ नहुने भएकाले आजै रक्षा बन्धन तथा गाइजात्रा पर्व परेको हो ।

विशेषगरी उपत्यका देशभरका नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तजनको सम्झनामा आज गाईजात्रा निकाल्ने गर्दछन् । तराइ क्षेत्रमा भने आज रक्षा बन्धनसंगै राखी बाँध्ने चलन पनि छ । दिदीबैनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४