Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १२ २०८०
  • 5.4K
    SHARES

काठमाडौँ । धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ । सोमबार अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो ।

उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ ।

पत्थरीको अप्रेसन गर्दा डाक्टरले झिकिदिए किड्नी, बिरामीको मृत्यु

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तस्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि चौधरीको मृत्यु भएपछि आफन्त संघर्षमा उत्रिएका थिए । मिर्गौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४