Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्या भण्डारीलाई एमालेमा सधैं वेलकम छ : ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ११ २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने बताएका छन् । भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै उनले आउन चाहे सधैं स्वागत गर्ने बताएका हुन् ।

नेकपा एमाले एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा उनले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताए । ‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं’, ओलीले भने, ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आउँछु त भन्नुपर्‍यो, सधैं वेलकम छ ।

ओलीले पार्टीका नेताले भण्डारीलाई भेटेका विषयमा अनावश्यक हल्ला चलाउन नहुने बताए । भण्डारी पार्टीको पूर्वउपाध्यक्ष समेत भएका कारण भेट्न मिल्ने बताए । पूर्वराष्ट्रपति भएका भण्डारी पार्टीको आदरणीय व्यक्ति पनि रहेको बताउँदै उनले भने, ‘हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।

एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा सत्तारुढ दलहरुले फोहरी खेल खेलेको दाबी गरे । प्रदेशमा सत्तारुढ गठबन्धन संविधान विरोधी भएको बताउँदै उनले भने, ‘यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दापनि संविधान मिच्यो भनेर विरोध गर्नेहरु अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भने जस्तो गर्ने प्रवृत्ति देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४